रुपन्देहीमा नेपाल जनता पार्टीको “एक घर एक नोट” अभियान – Nagarikabhiyan : National News

रुपन्देहीमा नेपाल जनता पार्टीको “एक घर एक नोट” अभियान

भैरहवा । नेपाला जनता पार्टीले “एक घर एक नोट” अभियान सन्चालन गर्ने भएको छ । आ-आफ्नो क्षेत्रको सबै घरमा पुगेर पार्टीले सहयोग माग्ने जनाएको छ ।

पार्टीले शुक्रवार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि अभियान बारे जानकारी गराएको छ । पार्टीका जिल्ला अध्यक्ष चन्द्रभान तिवारीले पार्टीले उम्मेदवारी चयन, पार्टी बिस्तारदेखि आर्थिक सहयोग संकलन अभियान अगाडि बढाउने बताए । उनले पार्टीलाई बैकल्पिक शक्तिको रुपमा उदियमान बनाउने बताए । उनले पार्टीलाइ घर घर सम्म पुर्‍याउने बताए  । जाति, सम्प्रदाय, अथवा लिंगको आधार मा विना कुनै भेदभाव सम्पुर्ण नागरिकहरुलाई राजनितिक एवं धार्मिक न्याय, समान अवसर तथा अभिव्यक्तिको स्वतंत्रता सुनिश्चित गर्दै नेपाल लाई संघीय लोकतांत्रिक हिन्दु राष्ट्रको रुपमा विकास गर्ने नेपाल जनता पार्टीको मूल उद्देश्य रहेको तिवारीले बताए ।

जनतामा निहीत सार्वभौम सत्ता, बहुदलीय व्यवस्था र संसदीय शासन प्रणाली तथा हिन्दुत्व एवं हिन्दु राष्ट्र प्रति प्रतिवद्ध रही नेपालमा छुवाछुत, भेदभाव र शोषण रहित समाजको निर्माण गरी, सामाजिक, राजनितिक तथा आर्थिक विकास, राष्ट्र सेवक कर्मचारी, व्यावसायी, उद्योगी, किसान, मजदुर, व्यापारी संघ संस्था असहाय, अनाथ, एकल, सामाजिक जागरण शिक्षा, स्वास्थ्य, खेलकूद लगायत सामाजिक कार्यक्रमलाई निरन्तरता दिनका लागि १  घर १ नोट को आर्थिक साहयोगको अपेक्षा गरेको उनले बताए ।

“अरु पार्टीले नोट दिएर भोट दिएर भोट माग्छन हामीले जनताबाट नोट र भोट दुबै माग्दै छौ ।” तिवारीले भने ” जनताले जुन नोट दिए पनि स्विकार गर्छौ ।” पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष लालमन प्रसाद साहले पार्टी २०६२ सालमा स्थापना भए पनि अहिले सम्मा सक्रिय नरहेको कारण अब आक्रामक गतिले अगाडि बढ्ने बताए  ।

नेपाल जनता पार्टीका रुपन्देही अध्यक्ष चन्द्रभान तिवारीको अध्यक्षता केन्द्रिय कार्यकारिणी सदस्य दिपेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष शत्रुघ्न पण्डित, राघवेन्द्र तिवारी, अरुण गुप्ता, मदन कान्दु, सन्जित जयसवाल,  ओमप्रकाश सहानी, राजेन्द्र प्रसाद शुक्ल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन प्रदेश महासचिव अमरकान्त झा ले सन्चालन गरेका थिए ।