भोक्राहा नरसिंहको ११ औं गाउँ सभा सम्पन्न
२३ फाल्गुन २०७८, सोमबार १९:५५
सुनसरीको सीमावर्ती भोक्रहा नरसिंह गाउँपालिकाको ११ औं गाउँ सभा सोमबार सम्पन्न भएको छ । गाउँपालिकाको एघारौं गाउँ सभा तथा हिउदे अधिबेशनमा चालू आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक खर्च सम्बन्धी छ्लफल भएको र गाउँसभामा अहिलेसम्म भएका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल गरिएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले बजेटरकमान्तर, बजेट विवरण हेरफेर लगायतका बारेमा समेत छलफल पश्चात विभिन्न निर्णय गरिएको जानकारी दिनुभयो । गाँउसभाले बजार अनुमगन कार्यविधि तथा निर्देशिका २०७८ सर्वसम्मत रुपमा पारित गरेकोे छ । गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न गाउँ सभामा गाउँपालिका तथा वडा कार्यालयबाट सम्पन्न भएका तथा सम्पन्न हुनबाँकी कामहरुको बारेमा वडा अध्यक्ष तथा वडा सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । बजेट कसरी पूर्ण कार्यान्वयन गर्ने तथा सम्पन्न कामहरु र गाउँपालिकाको गतिबिधी बारे सभामा प्रश्न उठाईएको थियो । उक्त सभामा उठाएका सम्पर्ण प्रश्नहरुको गाउँपालिका अध्यक्ष यादवले जबाफ दिनुभएको थियो । सभामा उठेका प्रश्नहरुको जवाफदिदै गाउँपालिका अध्यक्ष यादवले हालसम्म भएका कामहरु मितित स्रोत साधनका बीचमा स्तरीय र सन्तोषजनक तरिकाले सम्पन्न भएको बताउनुभयो । यादवले गाउँका कामहरुमा कुनैपनि अबरोध र नकारात्मक टीका टिप्पणी नआएका कारण गाउँपालिकाले गरेका बिकास निर्माणका कामहरु उत्कृष्टता पूर्बक सम्पन्न भएको बताउनुभयो । बाँकी रहेका बिभिन्न क्षेत्रमा बिनियोजित गरिएको बजेट कार्यान्वयनमा आउने पनि बताउनुभयो । अहिलेसम्मका कामहरुको सबै क्षेत्रबाट प्रशंसा भएकोले उत्कृष्टकाम गरेर देखाउन सभामा उपस्थित सभा सदस्यहरुलाई अध्यक्ष यादवले आग्रह गर्नुभयो । यादवले सभामा उपस्थित सबैजनालाई सामुहिक रुपमा बिकासका काममा सहयोग गर्न समेत आग्रह गर्नुभयो । सभाको उद्घाटन सत्रमा नेकपा एमालेका भोक्रहा नरसिंह गाउँपालिका अध्यक्ष रामकुमार मेहता, नेपाली काग्रेंसका अध्यक्ष युवराज दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष महेन्द्र यादव(सानो), नेकपा माओवादी केन्द्रका हेमनारायण मण्डल, पूर्व प्रमुख प्रशासकिय अधिकृत तथा हाल इटहरीका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता, वतर्मान भोक्रहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबु नन्दन मेहता सहितको उपस्थिती रहेको थियो ।
सभा इटहरीका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहतालाई सम्मान गरिएको छ भने जग्गादादाहरुलाई पनि सम्मान गरिएको छ । यसैबीच सरोकारवालाहरुमा गाउँपालिकाले असल कार्यको सूचना जारी गरेको छ । यस गाउँपालिकाले सेवाप्रवाहलाई सरल, सहज, छिटो, छरितो, प्रविधिमैत्री, प्रभावकारी बनाउनको लागि देहाय बमोजिमको असल अभ्यासहरु शुरुवात गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । क) सेवा प्रवाह क्षेत्रमा ः ८ एक वडा एक सचिवको व्यवस्था, वडा कार्यालय, स्वास्थ्य संस्था र मातहतका शाखाहरुको नियमित अनुगमन निरीक्षण, समस्या पहिचान, सेवा प्रवाहमा सुधार लगायतको व्यवस्था, कार्यालयमा आगन्तुक पुस्तिकाको व्यवस्था, फेसबुक, वेभसाइट लगायतमा पालिकाको हरेक गतिविधि दैनिक रुपमा सार्वजनिकिकरणप्रत्येक महिना अनिवार्य स्टाफ मिटिङ्ग, समस्याको पहिचान गरी कर्मचारीको क्षमता विकास, सहजीकरण गरिएको छ । त्यसैगरी कर्मचारीलाई विदा दिँदा सेवाप्रवाहमा असर नपर्ने गरी अर्को कर्मचारीलाई जिम्मेवारी वहनको व्यवस्था मिलाएर मात्र विदा स्वीकृत हुने व्यवस्था कर्मचारीहरुले निर्वाह गर्न पर्ने भुमिका, काम, कर्तव्यको सम्बन्धमा स्पष्ट कार्यविवरण सहितको शाखागत जिम्मेवारी तोक्ने तयारी ८ अतिरिक्त समय कामकाज गर्ने कर्मचारीलाई आवश्यक प्रमाण कागजातको आधारमा थप सुविधा व्यवस्था, मातहतको कर्मचारीलाई अधिकार प्रत्यायोजन, कार्यालयमा चौविसै घण्टा विद्युत व्याकपको व्यवस्था गरिएको छ । त्यसैगरी भौतिक पूर्वाधार, सामाजिक विकास लगायतको क्षेत्रमा ः वडास्तरीय अनुगमन समितिबाट वडामा संचालित आयोजना निर्माण कार्यको नियमित अनुगमन निरीक्षण गरी पन्ध पन्ध्र दिनमा कार्यालयमा प्रतिवेदन पेश गर्ने व्यवस्था, प्रत्येक निर्माण स्थलको दैनिक निगरानी गर्न हेरालुको व्यवस्था, निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्माण व्यवसायीसँग छलफल, निर्देशन, सबै निर्माण कार्यको अनुगमन निरीक्षण गरी त्रुटी सुधार गर्न निर्माण व्यवसायीलाई पत्राचार, आर्थिक अनुशासन तथा सुशासन प्रवर्द्धन तर्फ खरिद इकाईको निर्णय र अख्तियारी बिना कुनै पनि सामानको खरिद नगर्ने व्यवस्था तालिम कार्यक्रमको अनिवार्य अनुगमन र फेसबुकमा अपडेट गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी इन्धन, खाजाको भुक्तानी गर्दा प्रमाण कुपन प्रतिवेदन, पुष्ट्याइ हुने कागज राख्ने व्यवस्था + एक व्यक्तिलाई दोहोरो रुपमा सामाजिक सुरक्षा भत्ता भुक्तानी भएको देखिएकोले पंजिकरणको स्टाफलाई लाभग्राहीको पहिचान र विवरण राजु गन घर–घर, बडा–वडा, टोलटोलमा खटाएको, सत्य तथ्य विवरण प्राप्त भएपछि मात्र सामाजिक सुरक्षा भत्ता निकासा हुने व्यवस्था, फजुल खर्च नियन्त्रण कडाइका साथ अभियान गर्न शुरु , जिन्सी निरीक्षण गरी जिन्सी अभिलेख अद्यावधीक गर्ने व्यवस्थाको शुरुवात के कुन पदाधिकारी कर्मचारीको जिम्मा के कुन जिन्सी सामानहरु रहेकी छजिन्सी सामान, जिन्सी अभिलेखको अवस्था अध्ययन, अनुगमन निरीक्षण गर्न पाँच सदस्यीय टोली गठन , बेरुजु फर्छयौटको लागि सम्बन्धीत शाखा र कर्मचारीसँग नियमित सहजीकरण र समन्वय गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया