इनरुवा कपको उपाधी जुद्धगञ्जलाई – Nagarikabhiyan : National News

इनरुवा कपको उपाधी जुद्धगञ्जलाई

इनरुवा, फागुन २१ गते । सनुसरीको इनरुवा १० जल्पापुरमा सम्पन्न भएको इनरुवा कपको उपाधी कोशी गाउँपालिकाको जुद्धगञ्ज क्लवले चुमेको छ । सनिबार सम्पन्न भएको फईनल खेलमा भोक्राहा नरसिंह गाउँपालिकाको जनता चौक क्लवलाई ० को विरुद्ध १ गोल अन्तरले जराजीत गर्दै कोशी गाउँपालिकाको जुद्धगञ्ज क्लवले उपाधी चुमेको हो । सम्पन्न खेलको विनेताले २५ हजार रुपियाँ, सिल्ड र प्रमाण पत्र पाएको छ भने उपबिजेता बनेको भोक्राहाले १५ हजार रुपियाँ, सिल्ड र प्रमाण पत्र पाएको आयोजक सुनसरी कल्याण समाज नेपालका अध्यक्ष इजराईल मियाँले जानकारी दिनुभयो । खेलमा १२ टिमको सहभागिता रहेको थियो ।