इनरुवा नगर कमिटिको पदभार ग्रहण
२५ माघ २०७८, मंगलवार १८:१३
सुनसरी सदरमुकाम इनरुवामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) इनरुवा नगर कमिटिको पदभार ग्रहण तथा प्रथम पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ ।
पार्टीको नगर कमिटि पदाधिकारीहरु अध्यक्ष तोया गिरी पोदार,उपाध्यक्ष शंकर सापकोटा ,झबरु चौधरी ,सूर्यनारायण यादव, सचीव मुख्तार आलम, सह सचिव ध्रुव नारायण पण्डित र कोषाध्यक्ष बिमला पोख्रेल सहित कार्यसमितिलाई प्रमाण पत्र सहित पदभार गराएको पार्टीले जनाएको छ ।
पार्टीका नेताहरु निर्मल बराल शिव डांगी, पूर्व सभासद अनिता परियार, केन्द्रिय सदस्य सुरेन्द्र मेहता, पत्रकार राजन केडी सहितका स्थानीय, प्रदेश र केन्द्रिय नेताहरुको उपस्थितीमा पदभार ग्रहण गराएको पार्टीका पूर्व नगर अध्यक्ष ओके दाहालले जानकारी दिनुभयो ।
पदभार ग्रहण कार्यक्रममा निर्वाचितहरुलाई आगामी दिनमा विगतका दिनमा भएका कमजोरी नियाल्दै, सच्याउदै, विगतका राम्रा पक्षलाई अनुशरण गर्दै अघि बढ्नुहुन सुझाव सहित बधाई दिएको थियो ।
अथितिहरु सबैलाई आआफ्नो जिम्मेवारी इमानदारी, कर्तव्यनिष्ठ बनेर देश, नगर र जनताको हितमा लाग्न आग्रह सहित सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया