नवलपरासीमा मदरबाबाका मठाधिससहित दुई मुस्लिम अगुवा एमालेमा – Nagarikabhiyan : National News

नवलपरासीमा मदरबाबाका मठाधिससहित दुई मुस्लिम अगुवा एमालेमा

परासी । मुस्लिम र हिन्दु धर्मालम्बिको आस्थाको केन्द्र मदारबाबाका मठाधिस अमिरुल्लाह जोलाहा (अन्सारी) नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार एमाले नवलपरासीको पार्टी कार्यालय परासीमा आयोजित एक कार्यक्रमका बीच जोलाहा र मुस्लिम अगुवा रियाजुल हक अन्सारी पार्टी प्रवेश गरेका हुन् ।

दुवै जनालाई एमालेका नवनिर्वाचित जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी र सचिव धिरज शर्मा बस्यालले दोसल्ला ओडाएर पार्टिमा स्वागत गरेका थिए । पाल्हीनन्दन गाँउपालिकाको हरपुर स्थाई घर भएका मठाधिस जोलाहाले सद्भावना पार्टी बाट राजनैतिक यात्रा सुरु गरेका थिए । सद्भावना, मधेसि जनाधिकार फोरम लगाएतका पार्टीका संस्थापक केन्द्रिय सदस्य जोलाह मुस्लिम ईत्तेहाद संगठनको संस्थापक सदस्य पनि थिए । उनले विक्रम संवत २०५१ सालमा गरिजाप्रसाद कोईरालासंग सुनसरीबाट चुनाव समेत लडेका थिए ।

केहि वर्षदेखि राजनितिमा निष्कृय देखिएका उनले सोमबार एमाले प्रवेश गर्दे धेरै सोच विचार गरेर मुलुकको निकासका लागि एमाले मात्र सबल शक्ति भएको ठानेर प्रवेश गरेको बताए । कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष अधिकारीले जोलाहा र अन्सारीको एमाले प्रवेशले पार्टिलाई ठूलो योगदान पुगेको बताउँदै जिल्लामा एमाले प्रवेशको लहर आउने विश्वास व्यक्त रहेको एमाले उपसचिव राजन कुमार आचार्यले जानकारी दिए ।