बलिउड गायिका अनुराधाका छोरा आदित्यको निधन – Nagarikabhiyan : National News

बलिउड गायिका अनुराधाका छोरा आदित्यको निधन

काठमाडौं ।  भारतीय गायिका अनुराधा पौडवालका छोरा आदित्य पौडवालको मृत्यु भएको छ । उनको किड्नी फेल भएपछि शनिबार विहान मृत्यु भएको हो ।

लामो समयदेखि किड्नीको समस्या रहेका आदित्यको ३५ वर्षको उमेरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

आदित्य आमा अनुराधा जस्तै गीत गाउनमा निपुण थिए । यसबाहेक उनी म्यूजिक भिडियो कम्पोज र डाइरेक्टर थिए । उनको नाम भारतमा सबैभन्दा कम उमेरको म्यूजिक डाइरेक्टरको समूह (लिक्मा बुक आँफ रिकार्डस) मा राखिएको छ ।

यस वर्ष इरफान खान, ऋषि कपूर, वाजिद खान र सुशांत सिंह राजपूतसहितको मृत्यु भएको छ । यहीबीच आदित्य पौडवालको पनि निधनको भएको हो ।