अपांगता दिवशमा विभिन्न कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

अपांगता दिवशमा विभिन्न कार्यक्रम सम्पन्न

। सुनसरीको विभिन्न स्थानीयतमा ३० औ अपांगता दिवश मनाईएको छ । सुनसरीको कोशी गाउँपालिकामा अपांग सरोकार हकहित संरक्षण केन्द्रले माग सहितको ज्ञापन पत्र बुझाएको छ भने अपांगता भएका व्यक्तिको अधिकार र अवसर विषयक वकतृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
दिवशको अवसरमा कोशी गाउँपालिकाको ८ वटै वडामा सचेतना मुलक फलेक्स राख्ने, प्रत्येक वडाको अपांगताको हितमा काम गर्ने मिलीजुली समूहहरुले दिप प्रज्वलन गर्ने कार्यक्रम सम्पन्न गरेको सामाजिक विकास शाखा प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो । प्रत्येक वर्ष ३ डिसेम्बरमा मनाउने अपांगता दिवश कोशी गाउँपालिकामा हाम्रो प्राथमिकताको आधार, आपांगता भएका व्यक्तिको अधिकार मुल नाराका साथ मनाइएको मेहताले बताउनुभयो । यसैबीच कोशीका १० विद्यालयका बालबालिकाहरुको सहभागितामा दिवशकै अवसरमा अपांगमैत्री समाज र हाम्रो दायित्व विषयक वकतृत्वकला प्रतियोगिता कोशी माविमा सम्पन्न भएको छ । विजयी प्रतियोगीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको छ ।
उता दुहबी नगरपालिकामा आयोजिक अपांग दिवशको कार्यक्रमका सरोकारबालाहरुले अपांगमैत्री काम गर्ने प्रतिवद्धता जनाएका छन् । दुहबी नगरपालिकाका उपमेयर सुनीता दाहालले नगरको भौतिक संरचना देखी लक्षित कार्यक्रमसम्ममा अपांगमैत्री काम गर्ने प्रतिवद्धता जनाउनुभयो । दाहालले नगरको १२ वटा वडामा निर्माण हुन लागेको स्वास्थ्य संस्थाहरु समेत अपांगमैत्री बनाउने काम सुरु गरेको बताउनुभयो । त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकामा आपङ्गता सम्वन्धि अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न गरेको छ भने गढी गाउँपालिकामा न्यानो कपडा वितरण गरेको छ ।
बर्जू गाउपालिक मा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा न्यानो कपडा र सहायक सामग्री वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष संगीता कुमारी रायले बताउनुभयो । यहाँका स्थानीय तहमा प्रदेश सरकार रा करुणा फाउण्डेसनसँगको सहकार्यमा अपाङ्गता पुनस्र्थापना तथा रोकथाम कार्यक्रम सञ्चालन भएकोमा अपांगता भएकाहरुको सहभागीतथामा कार्यक्रम सम्पन्न गरिएको छ ।