आईपीएल २०२२ मा २७ खेलाडी रिटेन, कुन टिममा को-को ? – Nagarikabhiyan : National News

आईपीएल २०२२ मा २७ खेलाडी रिटेन, कुन टिममा को-को ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ का लागि पुराना ८ फ्रेन्चाइजले कुल २७ खेलाडी रिटेन गरेका छन् ।

१५औं संस्करणको आईपीएलमा लागि मेगा अक्सन हुँदैछ र त्यसअघि फ्रेन्चाइजलाई बढीमा चार खेलाडी रिटेन गर्न दिइएको छ । नोभेम्बर ३० सम्मको डेडलाइनमा ८ फ्रेन्चाइजले आफ्नो अनुकूल अनुसार खेलाडी रिटेन गरेका छन् । जसमा चार टिमले चार/चार खेलाडी रिटेन गर्दा तीन टिमले समान तीन र एक टिमले २ खेलाडी मात्र रिटेन गरेका छन् ।