वरिष्ठ नेता पौडेल भन्छन्ः अधिवेशन नगरी महाधिवेशन प्रतिनिधि ल्याउन पाइँदैन
१५ श्रावण २०७७, बिहीबार १८:३४
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिवेशन नगरी महाधिवेशन प्रतिनिधि ल्याउन नपाइने बताएका छन् ।
बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले अधिवेशन नगरी भ्रातृ संगठन र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि ल्याउन नपाइने बताएका हुन् ।
उनले कांग्रेसको नेतृत्वले विधानको अक्षरश: पालना गर्नुपर्ने बताएका छन् । उनले भने, “विधानको अक्षरश: पालना हुनुपर्छ । पालना गरेर अगाडि बढ्नुपर्छ । अधिवेशन नगरी भ्रातृ संगठन र जनसम्पर्क समितिबाट महाधिवशनमा प्रतिनिधि ल्याउन पाइँदैन ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया