राप्रपा त्याग गरेका थापा कांग्रेसमा प्रवेश, सभापति देउवाले दिए सदस्यता – Nagarikabhiyan : National News

राप्रपा त्याग गरेका थापा कांग्रेसमा प्रवेश, सभापति देउवाले दिए सदस्यता

काठमाडौं । पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका थापा आज कांग्रेसमा प्रवेश गरेका हुन् । थापालाई सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरेका हुन् । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार पनि सहभागी थिए ।