नेकपापछि कांग्रेसमा पस्यो चीन, उत्तरको गोटी बन्न रामचन्द्र पौडेल तयार, राजदूत यान्छीले यसरी फकाइन् ! – Nagarikabhiyan : National News

नेकपापछि कांग्रेसमा पस्यो चीन, उत्तरको गोटी बन्न रामचन्द्र पौडेल तयार, राजदूत यान्छीले यसरी फकाइन् !

काठमाडौं । उत्तरी छिमेकी चीनले पछिल्लो समय नेपाली राजनीतिमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको घरझगडा समेत मिलाउनेगरी हस्तक्षेपकारी भूमिकामा प्रस्तुत भइरहेको चीन अब प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा घुसेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता बचाउन क्रियाशील चीन अब कांग्रेसभित्र घुसेर आफ्नो बचर्श्व स्थापित गर्न सक्रिय भएको हो।  कांग्रेसमा १४ औं महाधिवेशन नजिकिँदै गर्दा आज भएको भेटलाई सभापति शेरबहादुर देउवाबिरुद्ध चिनियाँ चलखेलका रुपमा अर्थायाइएको छ ।

भेटका क्रममा यान्छीले पौडेललाई बेइजिङको सन्देश सुनाएकी थिइन् । ‘पौडेलसँग भेट गर्न चिनियाँ राजदूत यान्छी आज बिहानै निवास आएकी थिइन् ।’ पौडेल निकट एक नेताले भने । ‘ यान्छी र पौडेल बीच आसन्न महाधिवेशन केन्द्रित कुराकानी भएको छ ।’

राजदूत यान्छीले भेटका क्रममा नेता पौडेललाई आउँदो महाधिवेशनमा सहयोग गर्ने बताएकी छन् । साथै पौडेललाई चीनको समर्थनमा काम गरिदिन आग्रह गरेकी श्रोतले जनाएको छ ।

यान्छीले आग्रह गरेअनुसार ‘पौडेलले चीनको समर्थनमा काम गर्नुपर्ने, विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बिरोध गर्नुका साथै सभापति देउवा बिरुद्ध खुलेर लाग्न र वर्तमान ओली नेतृत्वको सरकारलाई सर्मथन गर्नु पर्ने हुन्छ’ ।

एमसीसी सँगको सम्झौता अनुमोदनको विषयमा अहिले देशका नेताहरु पक्ष विपक्षमा बाँडिएका छन् । यसैसँग एमसीसी सँगको सम्झौता अनुमोदन गर्नका लागि मतदान हुने सम्भावना बढेको छ । र मतदान भएमा पौडेल समुहले एमसीसी विरुद्ध मतदान गर्न यान्छीले आग्रह गरेकी श्रोतको दाबी रहेको छ ।

आउँदो महाधिवेशनमा पौडेललाई सभापति बनाउन चीनको समर्थन हुनेमा विश्वस्त हुन आग्रह गर्दै राजदूत यान्छीले आफू समर्थित नेता कार्यकर्तालाई चीनबिरुद्ध कार्य नगर्न/नगराउन निर्देशन दिन पौडेललाई आग्रह पनि गरेकी छिन् । चिनियाँ राजदूतसँगको भेटपछि पौडेल मख्ख परेका छन् । पार्टीभित्र उनको रवाफ बढ्ने अनुमान गरिएको छ । नेपालपानाबाट