टी–२० विश्वकपमा आज दुई खेल, भारतलाई जित्नैपर्ने दबाब
१७ कार्तिक २०७८, बुधबार १३:१६
काठमाडौं । आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटमा भारतले आज अफगानिस्तासँग खेल्दै छ । अबुधाबीमा हुने यस खेलमा अफगानिस्तानलाई हराउनैपर्ने दबाबमा भारत रहेको छ । सुरुवात दुई खेलमा हार ब्यहोरेको भारतकालागि सेमिफाइनलको दौडमा कायम रहन जितको आवश्यकता छ ।
नतिजा फरक आएको खण्डमा भारतको विश्वकपको दौड तेस्रो खेलमै समाप्त हुने खतरा समेत छ । भारत पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्याण्डसँग ठुलो अन्तरले पराजित भएको थियो । पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले गुमाएको भारतले दोस्रो खेलमा न्युजिल्याण्डसँग ८ विकेटको पराजय भोग्न पर्यो । प्रतियोगितामा फर्कन भारतलाई ठुलो अन्तरको जित चाहिएको छ ।
अफगानिस्तान समूह बीको दोस्रो स्थानमा छ । उसले तीन खेलमा दुई खेल जितेको छ । खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सूरु हुनेछ । बुधबारनै हुने पहिलो खेलमा पौने ४ बजे न्युजिल्याण्ड र स्कटल्याण्ड भिड्नेछन् । सेमिफाइनल पुग्न न्युजिल्याण्डका लागि खेल महत्वपुर्ण छ । यो समुहबाट पाकिस्तान सेमिफाइनल पुगिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया