हरिनगर १ र २ मा एमालेको वडा अधिवेशन सम्पन्न
१३ कार्तिक २०७८, शनिबार १८:२७
नेकपा एमालेको सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर –१ र २ को प्रथम वडा अधिवेसन रामनगरभुटाहामा समपन्न भएको छ । रामनगर भुटाहामा नेपाल कम्युनिष्ट पार्टी एमालेको दुई वटा वडाको प्रथम वडा कमिटि अधिवेशन सम्पन्न भएको छ ।
सनिबार प्रथम वडा कमिटि अधिवेशनबाट नेकपा एमाले हरिनगर गाउँपालिका वडा नम्बर –१ के अध्यक्षमा अजिम अंसारी र २ नम्बर वडाको अध्यक्षमा सदरुल अंसारीलाई चयन गर्दै प्रथम वडा अधिवेसन समपन्न भएको हो ।
दुवै वडामा ३१ । ३१ सदस्यको वडा कार्यसमिति गठन भएको जनाएको छ ।
वडा अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय परिषद सदस्य खेमराज पोखेल,सरोज पोखरेल, प्रदेश सदस्य रामप्रसाद मेहता, ताहिर अंसारी, लसकरी अांसरी लगायतको उपस्थिती रहेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया