कोशीमा नेकपा एमालेको ८ वटै वडामा प्रथम अधिवेशन सम्पन्न , भोली गाउँ अधिवेशन हुने
१३ कार्तिक २०७८, शनिबार १८:२०
वडा सुनसरीको कोशी गाउँपालिका वडा नम्बर–२ पश्चिम कुशाहामा नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रथम वडा कमिटिको अधिवेशन सम्पन्न भएको छ ।
सम्पन्न भएको वडा अधिवेशनले रामचरण यादवको अध्यक्षतामा ३१ सदस्य वडा कमिति गठन भएको छ । निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा प्रदेश सदस्य सरोज सिंहले पद तथा गोपनियताको सपत ग्रहण गराउनुभएको छ । कोशी २ को वडा उपाध्यक्षमा महेन्द्र यादव, सचिवमा विन्देश्वर मेहता, उप सचिवमा सुशिला मेहता, सहसचिवमा विधान्दन साह चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रामकिसुन साह, हरिलाल साह, जगदिश उराँव, केशव उराँव, रधियादेवी उराँव, विद्या उराँव, विहारी उराँव, पुनम राम, उमेश यादव, रामकुमारी उराँव, सरिता उराँव, बद्री उराँव, जगदम्बा यादव, फुलकुमारी यादव, लक्ष्मी उराँव, श्यामलाल उराँव, राजकिसोर यादव, लिलादेवी सरदार, फुलोदेवी राम, शिसन सरदार, मानववती उराँव, उर्मिला उराँव, राधा कुमारी याद, राधिका उरााव, रेखा कुमारी उराँव अविन उराँव लगायत ३१ जना सर्वसहमतिबाट चयन भएका छन ।
कार्यक्रममा विशिष्ट अतिथिहरु नेकपा प्रदेश सदस्य तथा कोशी इन्चार्ज अजय कुसियैत, तारानन्द मरियैत, रामखेलावन साह, चनरदेव यादव, अनिता उराँव, जितेन्द्र खेडवार, कमलेश्वरी खेडवार, सुरेन्द्र पाठक, रामचन्द्र यादव, धनबहादुर उराँव, बाबुराम साह, पावर्ती उराँव लगायतको उपस्थिती रहेको थियो ।
उद्घाटन सत्र मौधरी यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । उता सुनसरीको कोशी गाउँपालिका वडा नम्बर १–८ सम्मको सबै वडामा नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रथम वडा कमिटिको अधिवेशन सम्पन्न भएको इन्चार्ज अजय कुसियैतले जानकारी दिनुभयो ।
कुसियैतका अनुसार कोशी गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा रामचन्द्र यादव, २ मा रामचरण यादव, ३ मा योगेन्द्र दास उराँव, ४ मा इसराईल मंसुरी, ५ मा सूर्यनारायण यादव, ६ मा जयशंकर खड्का, ७ मा रामानन्द सदा र ८ मा मजोन सिपलिया प्रथम वडा कमिटि अधिवेशनबाट नेकपा एमालेको वडा अध्यक्षमा चयन भएका छन् । कोशीको ८ वटै वडामा सर्वसहमतीमा वडा कार्यसमिति गठन भएको छ ।
कोशी ८ को पार्टी उपाध्यक्षमा कौशल्यादेवी मगर, सचिव संजय कापैर रहेका छन् । त्यसैगरी सदस्यहरुमा सविता ठकुरी, विजय सिपलिया, अम्बिका बस्नेत, रेनुदेवी सदा, रुपेश यादव लगायत ३१ जना सर्वसहमतिबाट चयन भएका हुन । उता गाउँ कमिटिको पहिलो अधिवेसन आईतबार कोशी गाउँपालिकामा गर्ने तयारी भएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया