विश्वकप क्रिकेट : आज पाकिस्तान र अफगानिस्तान तथा वेस्ट इन्डिज र बंगलादेश भिड्दै – Nagarikabhiyan : National News

विश्वकप क्रिकेट : आज पाकिस्तान र अफगानिस्तान तथा वेस्ट इन्डिज र बंगलादेश भिड्दै

काठमाडौँ ।  आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेश भिड्ने छन् । यी दुई टोली बीचको खेल सारजाहमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुने छ। साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए ।

समूह १ मा रहेको वेस्ट इन्डिज अंक विहीन रहदै पुछारमा रहेको छ । बंगलादेश पाँचौं स्थानमा रहेको छ। यस्तै आज नै हुने दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ। पाकिस्तान र अफगानिस्तानबीचको खेल राति पौने ८ बजे सुरु हुने छ। दुबई आज पाकिस्तान लगातार तेस्रो जितको खोजीमा हुनेछ । पाकिस्तानले अघिल्ला दुई खेलमा जित निकालेको थियो ।

पाकिस्तान २ खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा रहेको छ । अफगानिस्तान भने दोस्रो जितको खोजीमा हुनेछ । अफगानिस्तान १ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।