ओलीको नक्शावाणदेखि रामवाणसम्मको यात्रा, कांग्रेसका नेता गिरीले दिए बधाई ! – Nagarikabhiyan : National News

ओलीको नक्शावाणदेखि रामवाणसम्मको यात्रा, कांग्रेसका नेता गिरीले दिए बधाई !

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोली सुधार गर्न सुझाव दिएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता सांसद गिरीले एक कार्यक्रममा पत्रकारसँग बोल्दै प्रधानमन्त्री ओलीलाई बोली सुधार गर्न सुझाव दिएका हुन् । उनले प्रधानमन्त्री ओलीलाई आफ्नो दम्भ, कमजोरी, अहंकार, गैरजिम्मेवार बोली सुधार गर्न सुझाव दिए । सांसद गिरीले ओलीलाई भारतले हटाउन लागेको कुरामा सत्यता नभएको पनि बताएका छन् । गिरीले ओलीलाई ‘भारतले हटाउन लागेको भनेर दिएको अभिव्यक्तिमा के सत्यता छ ?’ भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भने,‘पहिले तपाईले के प्रयोग गर्नुभयो, नक्शावाण, बधाई छ । अब उहाँको रामवाण आईसक्यो । नक्शावाणदेखि रामवाणसम्मको यात्रा यस्तो गैरजिम्मेवार काम गर्ने व्यक्तिले आफ्नो गैरजिम्मेवार हेरि, आफ्ना सचिवालयमा बहुमत नराखी, आफ्ना स्थायी समितिमा बहुमत नराखी, सानो अप्ठ्यारो पर्नेबित्तिकै भारत र चीनलाई गाली गर्ने, भारतलाई गरेपनि, चीनलाई गरेपनि वा अमेरिकालाई गरेपनि, यसरी आफ्नो समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नु अत्यन्त कच्चा अदुरदर्शी र प्रत्युत्यापदक कुटनीति हो ।’