उबासंघ इनरुवाको १९ औं वार्षिक साधारण सभा सम्पनन – Nagarikabhiyan : National News

उबासंघ इनरुवाको १९ औं वार्षिक साधारण सभा सम्पनन

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका केन्द्रि उद्योगी व्यवसायीहरुको संस्था उद्योग वाणिज्य संघ, इनरूवाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष विरेन्द्र साहको अध्यक्षतामा एवं इनरुवा नगरपालिका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको विशिष्ट आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
संघका उपाध्यक्ष गिरिराज अटललले सभामा उपस्थित सबैलाई स्वागत गर्दै उद्योग, व्यापार, कृषिलाई जोड्न आवश्यक रहेकोमा जोड दिनुभयो । वहाँले कृषि प्रधान देश भनिएपनि कृषिमा आधुनिकिकरण, व्यसायीकरण र औद्योगिकरण गर्न नसकेकाले खाध्यान आयात बढेको बताउनुभयो । वहाँले कृषि क्षेत्रमा संम्भावना रहेकोले यसमा सरकार र नीजि लगानी गरी मुलुकलाई आर्थिक समृद्ध बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
वार्षिक साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख राजन मेहताले उद्योगी व्यवसायीसंग सहकार्य र समन्वय गरेर अगाडि बढेको बताउनुहुदै नगरपालिकाले समग्र आर्थिक विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै विशिष्ठय अतिथि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सरकारले आर्थिक क्रियाकलापमा ७० प्रतिशत योगदान दिने निजी क्षेत्रको गुनासोहरुलाई सम्बोधन गरेर जानुपर्ने बताउनुभयो । वहाँले उद्योगी व्यवसायीहरुलाई कर शिक्षा, राजस्व शिक्षा तथा करदातालाई सहजरुपमा कर तिर्ने वातवरण बनाउनको लागि उवासंघले भुमिका खेल्नुपर्ने बताउनुभयो ।
सधारण सभामा संस्थापक अध्यक्षदेखी निर्वतमान अध्यक्षसम्मलाई सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा छगन शर्मा, कैलाश पञ्चारिया, पञ्चदेव मेहता, सुकदेव मेहता, इनरुवा २ का वडा अध्यक्ष रामचन्द्र पौदार सहित रहनुभएको छ । साधारण सभाको अवसरमा संघ आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै संघका गतिविधि तथा आर्थिक गतिविधिहरु पु¥याएको योगदान स्वरुप सम्मान गरिएको थियो ।