जनार्दनलाई उपप्रधान सहित गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको तयारी, बादल ‘किकआउट’ हुने ! – Nagarikabhiyan : National News

जनार्दनलाई उपप्रधान सहित गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको तयारी, बादल ‘किकआउट’ हुने !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कमजोर पार्न राजनीतिक चार्तुयता देखाएका छन् ।

प्रधानमन्त्री ओलीले ‘प्रचण्ड’लाई कमजोर पार्न तथा आफ्नो सत्ता बचाउनका लागि राजनीतिक चार्तुयता देखाउँदै नयाँ रणनीति बनाउँदै छन् । ओलीले ‘प्रचण्ड’लाई कमजोर पार्न मन्त्रीपरिषद् पुर्नगठन देखि गृहमन्त्री परिवर्तन सम्मको तयारी गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापा वादललाई पद मुक्त गराइने बुझिएको छ । गृहमन्त्रीको पद ‘प्रचण्ड’का विश्वासका पात्र जनार्दन शर्मालाई दिइने स्रोतले जनाएको छ । आफु संकट परेको बेला वादलले साथ नदिएको ओलीको ठहर छ ।

गृहमन्त्री थापा ‘प्रचण्ड’ रहेका छन् । र उनी देशको शान्ति सुरक्षको सवालमा पनि निकै पछि परेकाले उनलाई हटाएर जनार्दन शर्मालाई गृहमन्त्रीको पद दिइने भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र राजीनामा मागेपछि त्यसलाई टार्न पटक पटक राजनीतिक चार्तुयता देखाउँदे आएका छन् । अहिले नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेको छ । आफूमाथि चौतर्फी घेराबन्दी भएपछि त्यसलाई तोड्न ओलीले फेरि पनि यस्तो राजनीतिक चार्तुयता देखाएका हुन् ।