जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२२ आश्विन २०७८, शुक्रबार १७:३९
सुनसरी सदरमुकाम इनरुवामा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको शुक्रबार प्रमुख अतिथि नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा नेकपा एमाले प्रदेश नं.१ का सदस्य पर्शुराम बस्नेतले उद्धघाट गर्नुभएको छ । नेपाल खेलकुद महासंघ इनरुवा र नेपाल राष्टिय युवा संघ इनरुवाको आयोजना तथा इनरुवा व्यडमिन्टन क्लवको समन्वय प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा ३० टीमको सहभागीता रहेकोमा बी समूहको खेलबाट नितेश कार्की र कुमार श्रेष्ट तथा नरेश चौधरी र दुर्गा चौधरी टिम फाईनलमा प्रवेश गरेको छ । खेलको ए समूहको प्रतिस्प्रधीहरुले सनिबार विहान प्रतिस्प्रधा गर्ने आयोजक इनरुवा ब्यडमिन्टन क्लबले जनाएको छ ।
उदघान समारोहमा नेकपा एमाले पार्टीका जिल्ला अध्यक्ष रेवती रमण भण्डारी, नेताहरु खेमराज पोखरेल, पर्शुराम यादव, एमाले नगर सचिब मेघराज न्यौपाने , युवा संघका सचिब देवानन्द मेहता, जिवन श्रेष्ठ, प्रताप भट्टराई, रमेशश कोईराला, प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्की लगायत नेपाल खेलकुद महासंघका सदस्यहरु, खेलाडीको उपस्थिती रहेको थियो । त्यसैगरी जिल्ला खेलकुद महासंघका सुनसरी अध्यक्ष पुष्प कार्की, युवा नेता डिसी चौधरी, मनोज खड्का, जगदान पोखरेल सहितको उपस्थिती रहेको थियो ।
यसैबीच सोही कार्यक्रममा दर्शक तथा सम्पूर्ण खेलप्रेमी महानुभावहरुमा दशैं, तिहार, छठ लगायतका चाडबाडको शुभकामना आदानप्रदान समेत गरिएको जनाएको छ । प्रमुख अतिथी पर्शुराम बस्नेतले खेलकुदले नागरिकको स्वास्थ्य र सदाचारमा योगदान गर्ने भएकोले त्यसमा व्यडमिण्टनले पनि योग्दान गर्ने बताउनुभयो ।उपाधि जित्नेहरुले नगद १५ हजार रुपियाँ ट्रफी र प्रमाणपत्र हात पार्ने छन् भने द्धितीय स्थान हासिल गर्नेहरुले नगद १० हजार रुपियाँ सहित ट्रफी र प्रमाणपत्र हात पर्ने आयोजकले जनाएको छ ।
१, सुनसरीको इनरुवामा व्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै र खेलाडीले प्रतिस्प्रधा गर्दै ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया