ईपीएल क्रिकेटमा आज भैरहवा र पोखरा भिड्दै – Nagarikabhiyan : National News

ईपीएल क्रिकेटमा आज भैरहवा र पोखरा भिड्दै

काठमाडौँ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज बिहीबार दोस्रो क्वालिफायर खेल हुँदै छ । टियु क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र पोखराबीचको खेल १२ः४५ बजे सुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छन् । यस खेलको विजेताले उपाधिका लागि चितवन राइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । भैरहवा एलिमिनेटरमा काठमाडौं किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

पोखरा भने पहिलो क्वालिफायरमा चितवनसँग पराजित भएको थियो । तर, प्रतियोगिताको नियम अनुसार पोखराले फाइनल प्रवेशका लागि पुनः क्वालिफायर खेल्ने पाएको हो । यस वर्ष भैरहवा र पोखरा दोस्रो पटक भिड्न लागेको हो । वर्षाको कारण लिग चरणको भेट नतिजा विहीन सकिएको थियो । यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।