एमसीसी सम्झौता राष्टघाती हुने भन्दै नेपाल कम्युनिष्ट पार्टी सुनसरीको विरोध पर्दशन
२७ भाद्र २०७८, आईतवार १५:०८
सुनसरी सदरमुकाम इनरुवामा एमसीसी सम्झौता राष्टघाती हुने भन्दै नेपाल कम्युनिष्ट पार्टी सुनसरीले विरोध पर्दशन गरेको छ । सिटि फुक्दै बहिरो सरकारलाई एमसीसि सम्झौता नगर्न आग्रह गर्दै राष्टघाती एमसीसी संसदबाट अनुमोदनको तयारी भइरहेको भन्दै नेकपाले आईतबार इनरुवामा प्रदर्शन गरेको हो । आइतबार बसचौकमा दजर्नौको संख्यामा रहेका पार्टीका नेता कार्यकर्ताहरुले बसचौकमा एमसीसी खारेजी आन्दोलनको ब्यानरमा बिरोध प्रदर्शन तथा सिटि जुलुस निकालिएको हो । प्रदर्शन बसचौकबाट र्याली ÷ सिटि जुलुससहित विरोधसभामा परिणत हुनेछ ।
साथै विरोधसभामा उपस्थिति भएकाहरुले सम्बोधन गर्ने समाचारदाता निरज यादवले जनाएको छ । देशका सबै जिल्लाहरुमा सम्बन्धित विभिन्न दलहरुले व्यापक जनसहभागितामा एमसीसी खारेजीको निम्ति कार्यक्रम गरिरहेको बेला नेकपाले सुनसरीमा पर्दशन गरेको छ ।
नेकपाका लगायतका नेताहरुले एमसीसीको विरोध गर्दै यसलाई असफल पार्नुपर्नेमा जोड दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया