चिनियाँले नेकपाका नेताहरुलाई प्रशिक्षण दिएकोमा कांग्रेसका सांसद रिजालको आपत्ति
९ असार २०७७, मंगलवार १६:१३
काठमाडौं । चिनियाँ कम्युनिस्ट नेताहरुले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई प्रशिक्षण दिएकोमा नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले गम्भीर आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसका सांसद डा. रिजालले चिनियाँ कम्युनिस्ट नेताहरुले नेकपाका नेताहरुलाई प्रशिक्षण दिएकोमा गम्भीर आपत्ति जनाएका हुन् ।
उनले ‘कूटनीतिक सम्बन्धको संवेदनशीलता र जनताहरुबीचको सौहार्दताको सीमा परवाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दुवैतिरका दल र नेताहरु विगतमा आलोचित रहे ।’ भनेका छन् ।
उनले थपे ‘आगतमा उत्तरको छिमेकको दलको नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने र आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम उत्तिकै अपाच्य छ । यसमा सत्तारुढ दलको ध्यान जाओस् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया