नागरिकता विधेयकले सिमा रक्षकलाई अपमानीत बनायोः राजेन्द्र महतो
८ असार २०७७, सोमबार १८:५६
काठमाडौं। समाजवादी जनता पार्टीका नेता राजेन्द्र महतोले सिमा रक्षकलाई अपमानीत बनाएको बताएका छन् ।
नेता महतोले नागरिकता सम्वन्धी नयाँ व्यवस्थाले सिमा रक्षकलाई अपमानीत बनाएको बताएका बताएका हुन् । उनले भने ‘जस्ले भारतसँग मिलेर वा लडेर सिमानाको रक्षा गरेका छन् उनीहरुलाई नै अपमानीत गर्नेगरी संसदीय समितिबाट नागरिकता सम्वन्धी विधेयक पारित भएको छ ।’
काठमाडौमा बसेर सिमानाका जनताको भावना बुझ्न सकिनदैन भन्दै नेता महतोले जस्ले भारतसँग लडेर सिमा रक्षा गरेका छन्, उनीहरुलाई प्रोत्साहित गर्नुपर्ने बेलामा नेकपाले निराश बनाएको बताए। नेता महतोले समितिले बहुमतका आधारमा विधेयक पारित गराउदा नेकपाले जिते पनि नेपाल, नेपाली र मधेशले हारेको बताए।
उनले आफुहरुलाई अपमानीत गरिएको र पराजित गरिएको ठानेर तराईमा स्वतः स्फुर्त आन्दोलन सुरु भइसकेको पनि जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया