हिजोदेखि सुरु भयो नेपाल आइडल सिजन-४ को अडिसन – Nagarikabhiyan : National News

हिजोदेखि सुरु भयो नेपाल आइडल सिजन-४ को अडिसन

काठमाडौं । ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन सुरु भएको छ । भदौ १ मंगलबारबाट सुरु भएको डिजिटल अडिसन भदौ ३१ सम्म अडिसन दिन सकिने बताइएको छ ।

अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ ।

अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।