नेपालको राष्ट्रिय क्रिकेट टोलिले पपुवान्यूगिनीसँग दुई अन्तर्राष्ट्रिय एकदिबसीय खेल्ने – Nagarikabhiyan : National News

नेपालको राष्ट्रिय क्रिकेट टोलिले पपुवान्यूगिनीसँग दुई अन्तर्राष्ट्रिय एकदिबसीय खेल्ने

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलिले पपुवान्यूगिनीसँग दुई अन्तर्राष्ट्रिय एकदिबसीय खेल्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले पपुवान्यूगिनीसँगको एकदिबसीय खेल तय भएको जनाएको छ ।
क्यानका अनुसार नेपालले सेप्टेम्बर पाँच र सेप्टेम्बर आठमा गरी दुई खेल खेल्नेछ । दुबै खेल दिवा रात्री हुनेछ । आईसीसी क्रिकेट विश्वकप लिग २ खेल्ने नेपाल ओमान जाने तयारीमा रहेको छ । प्रतियोगिताको पूर्ब सन्ध्यामा पपुवान्यूगिनी बिरुद्ध नेपालले ओमानमै दुई अन्तर्राष्ट्रिय एकदिबसीय खेल्नेछ ।