महानायिका एलिजाबेथ टेलर : सात श्रीमान् र माइकल ज्याक्सनसँगको मित्रता – Nagarikabhiyan : National News

महानायिका एलिजाबेथ टेलर : सात श्रीमान् र माइकल ज्याक्सनसँगको मित्रता

‘तपाईं जुनबेला कुनै समस्यामा पर्नुहुन्छ, कुनै स्क्यान्डलमा फस्नुहुन्छ, आफ्ना सच्चा मित्र र हितैषीहरू को–को हुन् भनेर थाहा पाउने समय त्यही हो । तापनि मैले सधैं भन्ने गरेकी छु, म जहिले पनि आफ्ना भावना र अनुरागहरूबाट निर्देशित रहँदै आएकी छु… आई ह्याभ अल्वेज एडमिटेड द्याट आ’एम रुल्ड बाइ माइ प्यासन… ।’

यसो भन्ने अमेरिकी फिल्म महानगरी हलिउडकी एकजना सदाबहार महान् अभिनेत्री एलिजाबेथ टेलरले यो संसार छाडेको पनि भर्खर एक दशक भयो । लामो समयदेखि विभिन्न रोग विरुद्ध लड्दै र जिन्दगीको पछिल्लो समयका उतार–चढाव अनुभव गर्दै टेलरले सन् २०११ मार्च २३ मा अन्तिम पटक सास फेरेकी थिइन् । मुटु सम्बन्धी समस्याले बढी नै च्यापेपछि उनलाई मृत्युभन्दा एक महीना अघि अर्थात् फेब्रुअरी २०११ मा लस एन्जलसस्थित सेडार्स–साइनाई मेडिकल सेन्टरमा भर्ना गरिएको थियो ।