नेकपा-सीपीसी बैठकः ‘Stop this nonsense’ भन्दै ओली र नेकपामाथि खनिए कमल थापा, बिदेशी लम्पसारबिरुद्ध खोले फायर ! – Nagarikabhiyan : National News

नेकपा-सीपीसी बैठकः ‘Stop this nonsense’ भन्दै ओली र नेकपामाथि खनिए कमल थापा, बिदेशी लम्पसारबिरुद्ध खोले फायर !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा प्रधानमन्त्री केपी शर्मा ओली माथि खनिएका छन् ।

अध्यक्ष थापाले समाजिक सञ्जाल ट्वीटमार्फत नवऔपनिवेशिक अभ्यास आपत्तिजनक भएको भन्दै प्रधानमन्त्री ओली र नेकपामाथि खनिएका हुन् ।

अध्यक्ष थापाले ट्वीटमा ‘आपत्तिजनक  नवऔपनिवेशिक अभ्यास, अब यसैगरि अन्य राजनीतिक दलहरुले पनि आफु अनुकुलका बिदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतक र आर्थिक सहयोग लिने क्रम शुरुगर्ने होभने नेपालको हालत के होला ? भनेका छन् ।

‘के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो ?’ बिदेशी लम्पसारबिरुद्ध फायर हुँदै उनले भनेका छन् । ‘Stop this nonsense’

No description available.

अस्तब्यस्त भूराजनीती र भारत-चीन सीमा बिबादबीच चीनसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भर्चुअल बैठक हुन लागेको छ ।