एमालेकै केन्द्रीय सदस्य मुरारी सुवेदीले प्रस्तुत गरेको एक घण्टा लामो प्रवचनमा नेपाली कम्युनिष्ट इतिहास, पुष्पलालको योगदान र वर्तमान अवस्थामा नेकपा एमालेभित्रको किचलोको अन्तर्यका बारेमा उपस्थितलाई जानकारी गराए ।

Tree Plantation Barahakshetra youth force4

वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख एवम् नेकपा एमाले सुनसरीका उपाध्यक्ष निलम खनालले पुष्पलालको स्मृति गर्दै उनको सैद्धान्तिक र संघर्षपूर्ण इतिहासबाट ज्ञान लिंदै समृद्ध मुलुक निर्माणमा लाग्नु पर्ने बताए ।  नेकपा एमालेका सुनसरी जिल्ला नेता, संगठन विभाग प्रमुख तथा वराहक्षेत्र ईञ्चार्ज योग्यराज खड्काले पुष्पलाल श्रेष्ठको सिद्धान्त, संगठन र संघर्षका बारेमा प्रवचन दिए । विचार गोष्ठीमा एमालेका नगरका नेता कार्यकर्ता, जिल्ला नेता तथा केन्द्रीय नेतृत्वले पुष्पलालको स्मृतिमा विचार व्यक्त गरेका थिए ।

दुई दर्जन बढी युवा एमालेमा प्रवेश

Youth force barahakshetra

पुष्पलाल स्मृति दिवसमा आयोजित विचार गोष्ठीका अवसरमा वराहक्षेत्रका दुई दर्जन बढी युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको तरुण दल र नेवि संघ परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमालेका जिल्ला सदस्य तथा युवा नेता विष्णु घिमिरेले जानकारी दिए ।

युवा संघको वृक्षरोपण

Tree Plantation Barahakshetra youth force1

पुष्पलाल स्मृति दिवसकै अवसरमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले वृक्षरोपण गरेको छ ।वराहक्षेत्र नगरपालिका ७ को बांगे बजारदेखि चक्रघट्टी महेन्द्र गेटसम्म सडक किनारामा वृक्षरोपण गरिएको राष्ट्रिय युवा संघ वराहक्षेत्र नगर ईञ्चार्ज अरुण राईले जानकारी दिए ।विचार गोष्ठी सकेपछि युवा संघको आयोजनामा वृक्षरोपण गरिएको नगरका नेता समिर तामाङले जानकारी दिए । २ सय बढी विरुवा रोपिएको युवा नेता गणेश विष्टले जानकारी दिए ।   blast bat