संविधान संशोधन विधेयकको पक्षमा जनता समाजवादीले मतदान गर्ने – Nagarikabhiyan : National News

संविधान संशोधन विधेयकको पक्षमा जनता समाजवादीले मतदान गर्ने

काठमाडौं  ।  जनता समाजवादी पार्टीले नेपालको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने भएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिनिधिसभामा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी दल एकता भएर बनेको सो पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

‘नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्न संसदमा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरियो ।’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

कानुन, न्याय तथा संघीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको नक्सा संविधानको अनुसूचीमा रहेको निशान छापमा समावेश गर्न सो विधेयक संसद्मा दर्ता गराएकी थिइन् ।

शनिबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा संविधान संशोधन विधेयकमाथि दफाबार छलफल र विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।