बलिउड अभिनेता आमीर खान र किरण राउले सम्बन्धविच्छेद गर्ने !
१९ असार २०७८, शनिबार २१:१९
बलिउडका चर्चित अभिनेता आमीर खान र फिल्म प्रोड्युसर किरण राउले सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगेका छन् । उनीहरुले विवाहको १५ वर्षपछि शनिबार आफ्नो सम्बन्धबाट अलग्गिने निर्णयमा पुगेका हुन् ।
भारतीय समाचार संस्था एएनआईका अनुसार दुबैजनाले शनिबार एक संयुक्त वक्तब्य जारी गर्दै अलग्गिए पनि छोरा आजादको अभिभावकीय जिम्मेवारीमा रहीरहने जनाएका छन् । वक्तब्यमा लेखिएको छ, “अब अलग बसेपनि साझा परिवारको रुपमा रहीरहने र छोरा आजादप्रति दुबैजना समर्पित भएर हुर्काउनेछौं ।”
सम्बन्धबिच्छेद सम्बन्धको समाप्ती मात्रै नभएर नयाँ यात्राको सुरुवात रहने उल्लेखसहित वक्तब्य टुंग्याइएको छ । दुबै अब आफ्नो अलग जीवन बिताउनेछन्। उनीहरुले १५ वर्षमा आफूहरुले जीवनकालको राम्रो खुसी र आनन्दको अनुभव पाएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया