ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने
१७ असार २०७८, बिहीबार ०९:५७
काठमाडौं । यस वर्ष हुने टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले खेल्ने टुङ्गो लागेको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी)का अनुसार नेपालबाट टोकियो ओलम्पिकमा खेल्ने खेलाडीको टुङ्गो लागेको हो ।
पौडीका गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, सुटिङ्गकी कल्पना परियार र जुडोकी सोनिया भट्टले आसन्न ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
सुटिङ्गकी कल्पना र जुडोकी सोनियाले वाइल्र्ड कार्डमार्फत ओलम्पिकमा सहभागीता जनाउन लागेका हुन् । यस वर्षको ओलम्पिक जापानको टोकियोमा जुलाई २३ बाट अगष्ट ८ सम्म सञ्चालन हुदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया