म्यान्चेष्टर युनाईटेड लिजेण्ड टोनी ड्युनको निधन
२७ जेष्ठ २०७७, मंगलवार ११:३६
एजेन्सी । म्यान्चेष्टर युनाईटेडबाट युरोपियन कप जितेका लिजेण्ड खेलाडी टोनी ड्युनको ७८ बर्षको उमेरमा निधन भएको छ ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका डिफेन्डर रहेका टोनीले सन् १९६८ मा युरोपियन कपको उपाधि जितेका थिए ।
त्यस्तै उनले युनाईटेडबाट दुई पहिलो डिभिजनको फुटबल उपाधि र एफ ए कप उपाधि जितेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया