वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री सन्ध्या केसी
१२ असार २०७८, शनिबार ०९:०५
देवानगंज । अभिनेत्री सन्ध्या केसी वैवाहिक बन्धनमा बाँधिएकी छन् । अभिनेत्री सन्ध्या केसीले आभूषण ज्योती कंशकारसँग कानूनी विहे गरेकी हुन् । सन्ध्या आफैले सामाजिक सञ्जाल फेसबुकमा श्रीमानसँगका केही तस्विर शेयर गर्दै उनले विवाह गरेको जानकारी दिएकी हुन् ।
सन्ध्याले फेसबुकमा लेखेकी छन्,‘हामीले विवाहित जोडीको रुपमा एक सुन्दर यात्रा सुरु गर्न हात मिलाएका छौं । म आभूषणसँग विवाहको खबर सार्वजनिक गर्दा रोमाञ्चित महसुस गर्दैछु । धार्मिक रुपमा हामी एक हुन बाँकी छ, जुन हामी स्थिति सहज भएपछि गर्नेछौं । त्यतिन्जेल तपाईंहरूको स्नेह र आर्शिवाद चाहन्छौं । आजदेखि हामी एक्लै हिँड्ने छैनौं । हाम्रो हृदय हाम्रो आश्रय हुनेछ ।’
अभिनेत्री सन्ध्याले ‘ड्रिम्स’, ‘पण्डित बाजेको लौरी’लगायत फिल्ममा काम गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया