कोपा अमेरिका : बोलिभियालाई २-०ले हराउँदै उरुग्वे क्वाटरफाइनलमा
११ असार २०७८, शुक्रबार ०८:१५
एजेन्सी । उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार)बिहान भएको खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए । यस जितसँगै उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ । समूह ‘ए’ को उरुग्वे चौथो स्थानमा छ । बोलिभिया अंकबिहीन रहदै पुछारमा छ । बोलिभिया प्रतियोगिताबाट समेत बाहिरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया