युरोकपको अन्तिम १६ मा यस्तो बन्यो समीकरण: इंग्ल्याण्ड र पोर्चुगललाई कठिन प्रतिष्पर्धी – Nagarikabhiyan : National News

युरोकपको अन्तिम १६ मा यस्तो बन्यो समीकरण: इंग्ल्याण्ड र पोर्चुगललाई कठिन प्रतिष्पर्धी

काठमाडौँ ।  युरोपेली महादेशीय फुटबल प्रतियोगिता युरोकप २०२० अन्तर्गत समूह चरणको खेल समाप्त भएसँगै अन्तिम १६ को खेल समीकरण पनि पूरा भएको छ । २४ टोलीबीचको प्रतिस्पर्धामा ८ टोलीको यात्रा ‘नक-आउट’ चरणमा पुग्न सकेन ।

यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन्  ।

क्वाटरफाइनल प्रवेशका लागि १६ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । शनिबारदेखि ‘नक-आउट’ चरणका खेलहरु सुरु हुनेछन् । अन्तिम १६ का केहि खेलहरु भने निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ । किनभने केहि पूर्व च्याम्पियनको यात्रा यो चरणमै समाप्त हुनेछ । जसमा इंग्ल्याण्ड र जर्मनी तथा बेल्जियमविरुद्ध पोर्चुगलले अन्तिम १६ मै भिड्दैछन् ।

युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् । सञ्चारकर्मी न्युज

अन्तिम १६ मा पुग्ने टोली :
समुह ए : इटाली, वेल्स र स्विट्जरल्यान्ड [टर्की आउट]
समूह बी : बेल्जियम र डेनमार्क [फिनल्यान्ड र रसिया आउट]
समूह सी : नेदरल्यान्ड्स, अष्ट्रिया र युक्रेन [नर्थ म्यासेडोनिया आउट]
समूह डी : इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक [स्कटल्यान्ड आउट]
समूह ई : स्वीडेन र स्पेन [स्लोभाकिया र पोल्यान्ड आउट]
समुह एफ : फ्रान्स, जर्मनी र पोर्चुगल [हंगेरी आउट]

 

अन्तिम १६ का प्रतिद्वन्दी
वेल्सविरुद्ध डेनमार्क
इटालीविरुद्ध अष्ट्रिया
नेदरल्यान्ड्सविरुद्ध चेक रिपब्लिक
बेल्जियमविरुद्ध पोर्चुगल
क्रोएसियाविरुद्ध स्पेन
फ्रान्सविरुद्ध स्विट्जरल्यान्ड
इंग्ल्यान्डविरुद्ध जर्मनी
स्विडेनविरुद्ध युक्रेन