राष्ट्रियसभा उपनिर्वाचनमा कसले कति भोट पाए ? – Nagarikabhiyan : National News

राष्ट्रियसभा उपनिर्वाचनमा कसले कति भोट पाए ?

बुटवल। लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन्। पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई ३७ मतले पराजित गरे।

कांग्रेसका पाण्‍डेले १६० मत पाए भने एमालेका खड्काले १३४ मत पाए। विजयी भएको घोषणा भने हुन बाँकी छ। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो। पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन्। खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन्। प्रदेशसभातर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ।

पाण्डेयले ४१४० मतभार प्राप्त गरेका छन् भने, खड्काको मतभार ३५९४ छ। पाण्डेय यसअघि प्रदेश सभा सदस्य थिए। एमालेबाट जितेका पाण्डेयले राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए।

लोकपाटी न्यूज बाट