अध्यक्ष मण्डलद्धारा गणतन्त्र दिवशको शुभकामना – Nagarikabhiyan : National News

अध्यक्ष मण्डलद्धारा गणतन्त्र दिवशको शुभकामना

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)सुनसरी जिल्ला कमिटि अध्यक्ष एवं १ नम्बर प्रदेश कमिटि सदस्य योगेन्द्र प्रसाद मण्डल(पप्पु) ले १४ औ गणतन्त्र दिवशको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मण्डलले आज एक विज्ञप्ती जारी गरि १४ औं गणतन्त्र दिवसको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्ति गर्नुभएको छ । विज्ञप्तीमा भनिएको छ, गणतन्त्र प्राप्तिको निम्ति राज्यशत्तासँगका प्रतिरोफ्ह आन्दोलनमा बलिदान गर्नु हुने महान सहिदहरु प्रति उच्च श्रद्धा एवं भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । त्यसैगरी गणतन्त्र प्राप्तिको आन्दोलनमा खुनी राज्यशत्ता र गणतन्त्र बिरोधी जन दुश्मनहरुले बनाएका बेपता,घाइते योद्धा र शहीद परिवारहरुमा उच्च सम्मान छ । गणतन्त्रका लागि लडेका हजारौं घाइते योद्धाहरुले अपाङ्गता भएर पींडा अनि कष्टपुर्ण जीवन झेल्नुपरेको छ।उच्च सहादत, कठोर यातना संघर्षका कारण नेपालको संविधान २०७२ अनि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भनिएको छ । संविधान र गणतन्त्रको रक्षा र विकास गर्नु हामी सबैको साझा कार्यभार भएको भन्नुभएको छ ।
वहाँले विज्ञप्तीमा भन्नुभएको छ बिडम्बना ! जिम्मेवारहरुकै कपटपूर्ण योजनामा संविधानको घाँटी रेट्ने दुस्साहस भइरहेका छन । नागरिक बिद्रोह मार्फत प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र र गणतन्त्रले स्थापित गरेको प्रणाली बिरुद्ध स्वेच्छाचारी तानाशाहको जन्म गराउन प्रायोजित रुपमा एकपछी अर्को खुनी छुरा घोपिएका कारण संविधान अनि गणतन्त्र संकटमा छ । यादरहोस ! हजारौं सहिद, बेपत्ता, घाइते तथा लाखौं न्यायप्रेमी जनताको त्याग,बलिदान र निष्ठा बाट प्राप्त गणतन्त्र शासकको सनक र कपटपूर्ण व्यबहारका कारण दिन प्रतिदिन खतरामा गइरहेको छ । नेपालको संविधान २०७२ मार्फत सुनिस्चित गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सघियता, समावेशी समानुपातिक प्रतिनिधित्व रक्षार्थको लागि सम्पूर्ण देश भक्त र न्यायप्रेमी जनसमुदाय एवं लोकतान्त्रिक शक्तिहरु एकजुट भएर अघि बढौ । गणतन्त्र दिवसका अवसरमा यहाँहरु सबैमा हार्दिक शुभकामना । क्रान्तिकारी अभिबादन सहित शुभकामना दिनुभएको छ ।