भर्खरै: प्रतिनिधिसभा विघटनबारे बोल्यो पूर्वप्रधानन्यायाधीशको समूह – Nagarikabhiyan : National News

भर्खरै: प्रतिनिधिसभा विघटनबारे बोल्यो पूर्वप्रधानन्यायाधीशको समूह

पूर्वप्रधानन्यायाधीशसहित कानुनविद्हरूको संविधान निगरानी समूहले प्रतिनिधिसभा विघटनले मुलुकलाई अनिश्चयको बाटोतर्फ धकेलेको बताएको छ ।

पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीसहित अन्य कानुनविद् सम्मलित समूहले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन असंवैधानिक रहेको ठहर गरेको छ ।

प्रधानमन्त्री ओलीको कदम सत्ता कब्जा गर्ने किसिमको भएको त्यस समूहको भनाइ छ । ‘संसदभित्रबाट सबै राजनीतिक शक्तिले एकीकृत प्रयास गरी सम्बोधन गर्नुको सट्टा सत्ता कब्जा वा सो प्राप्तिका लागि जुनसुकै कार्य गर्न तयार हुने परिस्थिति निर्माण हुनु शोभनीय देखिँदैन,’ विज्ञप्तिमा भनिएको छ ।

संसदबाट वैकल्पक सरका खोजी गर्ने प्रतिनिधिसभाको भूमिकालाई असंवैधानिक तबरबाट असर पुर्‍याइनु चिन्ताजनक भएको त्यस समूहको भनाइ छ । ‘संविधानको धारा ७६ अन्तर्गत सार्थक र विवेकशील अभ्यासबाट वैकल्पिक सरकार खोजी गर्ने र प्रतिनिधिसभाको अर्थपूर्ण भूमिकालाई प्रसस्त गर्नुको साटो अन्यौल, अनिश्चितता र अव्यवस्थातर्फ उन्मुख हुने गरी संविधानको धारा ७६ को कार्यान्वयन गर्ने प्रवृत्ति देखापर्नु चिन्ताजनक विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।

संसद ब्युँताउने न्यायिक निर्णयको औचित्य विस्थापित गर्ने किसिमले सरकार अघि बढेको उनीहरूको ठहर छ । यो कदम कानुनी राज्यको सिद्धान्तविपरीत रहेको उनीहरूको दाबी छ ।

‘संसद् बाहिरबाट अध्यादेशमार्फत् विधायिकी कार्य सम्पादन गर्नुको औचित्य स्थापना गर्ने हो भने संसदीय निर्वाचन वा संसद्समेतको सान्दर्भिकता र औचित्य घट्दै जान सक्छ । जनताको जिउ सस्तो र आफ्नो सत्ता स्वार्थ महँगो ठान्ने भ्रमबाट मुक्त हुन पनि अनुरोध गर्दछौँ,’ उनीहरूले भनेका छन् । ईन्फो खबरमा छ ।