एटलेटिको म्याड्रिडलाई स्पेनिस ला लिगाको उपाधि – Nagarikabhiyan : National News

एटलेटिको म्याड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

एजेन्सी । एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एटलेटिको म्याड्रिडको जितसँगै २ अंकको अग्रता लिँदै उपाधि पक्का गरेको हो ।

घरेलु टोली रियल भालाडोलिडमाथि २–१ को जित दर्ता गर्दै एटलेटिको च्याम्पियन बनेको हो । एटलेटिकोको जितमा एन्जल कोर्रिया र लुइस सुआरेजले १–१ गोल गरे । रियल म्याड्रिडले भने घरेलु मैदानमा भिल्लारियलविरुद्ध २–१ को जित दर्ता गर्यो ।

खेलमा एटलेटिको ३८ खेलमा ८६ अंक जोड्न सफल रहयो । रियल भने ३८ खेलमा ८४ अंक जोड्दै उपविजेतामा सीमित रह्यो । बार्सिलोनाले पनि अन्तिम खेल जित हासिल गर्दै तेस्रो स्थानमा ७९ अंक जोड्दै सिजन अन्त्य ग¥यो । एटलेटिको भालाडोलिडविरुद्ध पहिलो हाफमा १–० ले पछि परेको थियो ।

यता रियल म्याड्रिडले भने भिल्लारियलविरुद्ध जित निकालेपनि एटलेटिकोले जित निकाल्दा उपाधि जित्न सकेन । क्याटलान क्लब बार्सिलोनाले लिगको अन्तिम खेलमा एइबारमाथि १–० को अन्तरले विजयी भयो । बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमनले निर्णायक गोल गरेका थिए ।

युरोपा लिगको दौडमा भने रियल बेटिसले रोमान्चक पुनरागमन गर्दै सेल्टा भिगोलाई ३–२ ले पराजित ग¥यो । एक समय २–० ले पछि रहेको बेटिसले दोस्रो हाफमा ३ गोल फर्काएको थियो ।

सेल्टाले इयागो आस्पास र ब्राइस मेन्डेजको गोलमा आरामदायी अग्रता बनाएको थियो । तर बोर्जा इग्लेसिस, नाबिल फेकिर र भिक्टर रुइजले गोल गर्दै खेलमा फर्काए । अन्य खेलमा हुएस्का र भ्यालेन्सियाको खेल गोलरहित बराबरीमा सकियो । हुएस्का यस बराबरीका बाबजुद रेलिगेसनमा परेको छ ।

एलेक्जेन्डर इसाकको गोलमा रियल सोसिडाडले ओसासुनालाई १–० ले हरायो । एल्चेले एथ्लेटिक बिल्बाओलाई २–० ले पराजित गर्यो । एल्चे यस जितसँगै शीर्ष डिभिजनमा रहन सफल रहयो ।