प्रिमियर लिग : क्लबका खेलाडीलाई ‘कन्ट्याक्ट’ प्रशिक्षण गर्न अनुमति – Nagarikabhiyan : National News

प्रिमियर लिग : क्लबका खेलाडीलाई ‘कन्ट्याक्ट’ प्रशिक्षण गर्न अनुमति

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लबका खेलाडीले ‘कन्ट्याक्ट’ प्रशिक्षणको अनुमति पाएका छन् । बुधबार ‘कन्ट्याक्ट’ प्रशिक्षणका लागि मतदान भएको थियो ।

जसमा ‘कन्ट्याक्ट’ प्रशिक्षण सुरु गर्नेबारे भएको मतदानमा क्लबले शतप्रतिशत मतदान गरेका हुन् । अब क्लबका खेलाडीले ‘कन्ट्याक्ट’ प्रशिक्षण थाल्ने भएका छन् ।

प्रिमियर लिग क्लबले गत साताबाटै सानो समूह बनाएर सामाजिक दूरी कायम राख्दै प्रशिक्षण भने सुरु गरिसकेका छन् । कोरोनाको कारण स्थगित लिग जुनमा सुचारु गर्ने तयारी गरिएको छ ।