महन्थ र यादवकाे संयुक्त विज्ञप्ति, जसपा तत्काल सरकारमा सहभागी नहुने – Nagarikabhiyan : National News

महन्थ र यादवकाे संयुक्त विज्ञप्ति, जसपा तत्काल सरकारमा सहभागी नहुने

काठमाडौं, जेठ ४ गते । जनता समाजवादी पार्टीले तत्काल सरकारमा सहभागी नहुने बताएको छ ।जसपा सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–विर्तक एवं अड्कलबाजी भइरहेको बेला तत्काल सरकारमा सहभागी नहुने जसपाले बताएको हो ।
सोमबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा ८ बुँदे विज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभएको छ । साथै पार्टीको नीति र निर्णय यथावत् कायम रहनेसमेत अध्यक्षद्वयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।