नेताहरुको दौडधुप बढ्दो, प्रचण्ड र नेपाल पुगे उपेन्द्रको घरमा – Nagarikabhiyan : National News

नेताहरुको दौडधुप बढ्दो, प्रचण्ड र नेपाल पुगे उपेन्द्रको घरमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव कुमार नेपाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेट्न पुगेका छन् । यादवको निवासमै पुगेर प्रचण्ड र नेपालले विश्वासको मत कसरी फेल गराउने भन्ने विषयमा छलफलजारी राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने बताएपछि अहिले नेताहरुको दौडधुप बढेको छ ।

​माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेका माधव कुमार नेपाल पक्षले भने प्रधानमन्त्री ओलीको विश्वासमतमा के गर्ने भनि आधिकारिक निर्णय गर्न सकेको छैन । यता नेपाली कांग्रेसले विश्वासको मत पास हुने नदिने निर्णय गरेपनि देउवाको रणनीति ओलीको विकल्पमा अर्को गठबन्धन नबनाउने रहेको बुझिएको छ । नेपालन्युज