धनुषाको विदेह नगर प्रमुखसहित ३ जना उपप्रमुखसँग माग्यो माओवादीले स्पष्टीकरण
२१ बैशाख २०७८, मंगलवार १७:२०
धनुषा । नेकपा माओवादी केन्द्र धनुषाले विदेह नगरपालिकाका नगर प्रमुख बेचन दाससहित ३ जना उपप्रमुखसँग स्पष्टीकरण सोधेको छ ।
शहीदनगर नगरपालिकाका नगर उपप्रमुख शिला देवी कापर, सबैला नगरपालिकाका नगर उपप्रमुख निलुदेवी कापर र विदेह नगरपालिकाका नगर उपप्रमुख निलम देवी मण्डललाई पार्टीको गतिविधि तथा कार्यक्रममा सहभागी नभएको भन्दै पत्र प्राप्त भएको ३ दिनभित्रमा लिखित स्पष्टीकरण जिल्ला कार्यालयमा पेस गर्न निर्देशन दिएको छ।
स्पष्टीकरण पत्रमा माओवादी केन्द्र धनुषाका ईन्चार्ज योग कुमार बरबरिया यादव जीवन र जिल्ला सचिव दीपक यादवको संयुक्त हस्ताक्षर रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया