मानव अधिकार समूहको सार्वजनिक सुनुवाई
१८ बैशाख २०७८, शनिबार १९:०३
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा मानव अधिकार समूहको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग, मानव अधिकार समूहको समन्वय र भोक्राहा नरसिंह गाउँपालिकाको संयोजनमा बैशाख १७ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरोकारवालाबिच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राजनीतिककर्मी मनोज यादवले मावि तहको कक्षामा मावि शिक्षकको अभाव रहेकाले पुर्ती गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा समूहका कार्यवाहाक अध्यक्ष मुर्सीद आलमले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा २०७६ कार्तिकदेखी गठन भएपछि हालसम्म नियमित भएर मानव अधिकार रक्षाको वकालत गर्दै सचेतनामुलक अभियान समेत गर्दै आएको उल्लेख गरिएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको १ देखी ८ नम्बर वडासम्मका प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी जिम्मेबार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत मानव अधिकार समूहको गठन गाउँपालिकाको सहकार्य र वडा कार्यालयहरुको संयोजन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको सहयोगमा निरन्तर काम भएको बताउनुभयो । मानव अधिकार समूहले भोक्राहा नरसिंह गापामा शिक्षा, स्वास्थ्य, खाध्य र आबाश अधिकारको बारेमा जानकारी सहितको अभियान थालेको बताईएको छं । सोही क्रममा गरिएको अनुगमन र सेवाग्राहीहरुसंगको प्रत्येक्ष भेटघाट, अन्तरवार्ता र समूहको आयोजनामा सम्पन्न गरिएको वडास्तरीय गोष्ठी कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न विषयगत शाखाहरु, राजनीतिक दल, जनप्रतिनिधि, सहकारी संस्था, गैरसरकारी संस्थाहरु, महिला तथा किसोरी समूहका सदस्यहरु तथा कृषि र कृषक समूहको सहभागितामा गरिएको कार्यक्रममा आएका सवालहरुको सम्बोधन गर्न आवश्यक पहल प्रयास भएको जनाएको छ । मानव अधिकार समूहले राखेका मागहरु र केही माग सहितको ज्ञापन पत्र बुझाएकाले पािलकाबाट सम्बोधन पनि भएको जनाएको छ । मानव अधिकार समूहको कार्यक्रममा बाट भएको उपलब्धीहरुमा भोक्राहा नरसिंह गापाको आठ वटै वडामा स्वास्थ्य संस्था स्थापना भएको , शिक्षामा गुणस्तरीयताका लागि विद्यालयसगैं मदर्सामा समेत विषयगत शिक्षकको व्यवस्था गर्नुपर्नेमा माग गरेकोमा जनता मावि शिवगंजमा एक जना मावि शिक्षकको व्यवस्था भएको, कृषि, पशु , शिक्षा र स्वास्थ्य संस्थामा अनुगमन गरि जवाफदेहिता र नियमितताका लागि सुझाव दिएकाले केही स्थानमा अनुमगन भएको , भोक्राहा नरसिंह गाउँपालिकाका कृषकहरूलाई रासायनिक मल, उन्नत जात बिउविजन समयमा उपलब्ध गराउनुपर्ने, माटो सुहाउदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्नुपर्नेमा माग गरेकोमा विज प्रयोगशाला भवन अकाहामा निर्माणको चरणमा रहेको अध्यक्ष शोभा मेहताले बताउनुभयो ।
त्यसैगरी भोक्राहा नरसिंह गापा ४ को पृथ्वी नारायण मावि र वडा नम्बर ३ को जनता माविमा गाउँपालिकाले मावि पठनपाठन सुरु गर्न सहयोग गरेको , सामुदायिक विद्यालयसगैं मदर्शाका छात्राका लागि समेत स्यानेटरी प्याडको व्यवस्था गर्नुपर्ने भनेको त्यसमा पहल पुगेको जनाएको छ । (
कार्यक्रममा मानव अधिकार समूहको सम्पन्न गरेको वार्षिक कार्यक्रमहरु समेत सार्वनिक गरेको थियो । प्रतिवेदन अनुसार गाउँपालिकामा मानव अधिकार समूहको नियमित बैठक ४ वटा सम्पन्न गरेको, पाकिलास्तरीय समस्या र सरोकारबाला पहिचान कार्यक्रम १ वटा सम्पन्न भएको, मानव अधिकार गोष्ठी अभियान वडास्तरीय ४ वटा सम्पन्न भएको, स्वास्थ्य अधिकार सम्बन्धी सरोकारबालासंग अन्तरकृया १ वटा सम्पन्न भएको, शिक्षा अधिकार सम्बन्धी सरोकारबालासंग अन्तरकृया १ वटा सम्पन्न भएको, खाध्य अधिकार सम्बन्धी सरोकारबालासंग अन्तरकृया १ वटा सम्पन्न भएको र आवाश अधिकार सम्बन्धी सरोकारबालासंग अन्तरकृया १ वटा सम्पन्न भएको जनाएको छ । त्यसैगरी बाल अधिकार चेतना समूह कार्ययोजना कार्यान्वयन (श्री जनता मावि शिवगञ्ज) मा भएको र वैशाख १७ गते शिक्षा, स्वास्थ्य, खाध्य र आबाश अधिकारको सार्वजनिक सुनुवाई १ वटा आज भएको समूहका सचिव दिपेन्द्र यादवले जानकारी दिनुभयो ।
समूहले स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको उपस्थिती र औषधीका बारेमा अनुगमन गरेको, , सरकार र नागरिक बीचको सम्बन्धका बारेमा सर्वे सम्पन्न गरेको र विद्यालयमा नियमित पठन पाठन भएको नभएको बारेमा अनुगमन समेत गरेको सहसचिव रन्जित रामले जानकारी दिनुभयो ।
समूहका सदस्य ममता उराँवका अनुसार समूहको सकृयामा नागरिकमा मानव अधिकारमैत्री विकासको बारेमा जानकारी भएको छ । अर्का सदस्य अमिता कुमारी मण्डलका अनुसार मानव अधिकार समूहको कार्यक्रममा सहभागी भएकाहरुले अधिकारको बारेमा सम्बन्धीत ठाउँमा प्रश्न उठाउन थालेका छन् ।
त्यसैगरी पत्रकार तथा समूहका सदस्य सुरेन्द्र मेहताले समूहको कार्यक्रममा सहभागी भएकाहरुले पालिकाको कार्यक्रममा चासो देखाउने र उपभोक्ता समिति गठन हुदाँ सदस्य र पदाधिकारीमा बस्न थालेको बताउनुभयो । जनता सामाजवादी पार्टीका अर्जन मेहताले सामाजिक, आर्थिक र राजनीतिक कार्यमा समूहका सदस्यहरु सकृय रुपमा सहभागी भई अधिकारमुखी कुरा गर्न सक्ने भएको बताउनुभयो ।
नेकपा एमालेका रमेश यादवले समूहको कामले शिक्षा, स्वास्थ्य, कृषि, पशु खाध्य र आबाशको अधिकारका बारेमा सम्बन्धीत निकायमा सोधखोज गर्न नागरिकले चासो देखाएको बताउनुभयो ।
कार्यक्रम समूहका अध्यक्ष शोभा मेहताको अध्यक्षता र भोक्राहा नरसिंह गाउँपालिका उपाध्यक्ष पुनम कुमारी मेहताको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रममाको सहजिकरण सहजकर्ता जयकृष्ण यादवले गर्नुभएको थियो ।
जयकृष्ण यादव । सुनसरी




१, कार्यक्रममा खिचिएका तस्विरहरुः

फेसबुकबाट तपाईको प्रतिक्रिया