अन्तर विद्यालय खेलकुद प्रतियोगिता आज देखि सुरु
१३ बैशाख २०७८, सोमबार १६:३४
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता आज देखि सुरु भएको छ । गाउँपालिका भित्रका सरकारी विद्यालय स्तरीय दुई दिने प्रतियोगिता सुरु भएको हो । कार्यक्रमको प्रमुख अतिथि तथा गाउँपालिकाकी उपाध्यक्ष पुनम मेहताले बाइनर बाचन गरि उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मेहताले विस्तारै खेलकुदका माध्यमबाट पनि विकासको लहर सुरु भएको बताउनु भयो । खेलकुदले व्यक्तिलाई मात्रै नभएर राष्ट्रलाई पहिचान दिलाउने बताउनु भयो । गाउँपालिकाको खेलकुद विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउदै गाउँपालिकालाई खेलकुदका माध्यमबाट पनि चिनाउनुपर्नेमा जोड दिनु भयो । कार्यक्रमका विशिष्ट अतिथि तथा वडा अध्यक्ष रामचन्द्र यादवले गाउँपापिकामा भौतिक विकास संगै शिक्षा र खेलकुदलाई प्राथमिकता दिएको बताउनु भयो । गाउँपालिकाले विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरी विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन सहयोग गर्ने बताउनुभयो । खेलकुदका माध्यमबाट विद्यार्थीलाई अनुशासित र मर्यादित बन्न सहयोग पुग्ने अध्यक्ष यादवको भनाई थियो ।
प्रतियोगितामा अनुशासित भएर खेल प्रदर्शन गर्न विद्यार्थीलाई आग्रह समेत गर्नुभयो । उद्घाटन कार्यक्रममा वडा नं. ७ स्थित जनता माध्यमिक बिद्यालयको खेल मैदानमा सुरु भएको खेलकुदमा जनता मावी, श्री राष्ट्रिय आधारभुत विद्यालय, बि पि आदर्श विद्यालय, दलित आधारभुत विद्यालय लगायत १९ वटा बिद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कक्षा १-३ सम्म विद्यार्थीहरु चकलेट दाैड, ४-५ सम्मको हिसाब दौड , ६-८ सम्मको ३०० सय मिटर दाैड, ९-१० को विद्यार्थीहरु २००×४ रिले दाैड लगायतमा प्रतिस्प्रधा हुने खेलकुद समितिका संयोजक जद्दुलाल शाहले बताउनु भयो ।

भोक्राहा नरसिंह गाउँपालिका वडा न–७, नरसिंह स्थित जनता मावी विद्यालयको खेलमैदानमा गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाकी उपाध्यक्ष पुनम मेहता लगायतका उपस्थित सरोकारवालाहरु । 

फेसबुकबाट तपाईको प्रतिक्रिया