उदघोषण सम्बन्धी तालिम सम्पन्न
११ बैशाख २०७८, शनिबार १९:१४
सुनसरीको रामधुनी नगरपालिका ६ बक्लौरीमा रहेको विभिन्न विद्यालयमा अध्ययनरत र वडा तहका विद्यार्थीहरुको लागि दुई दिने उद्घोषण तथा माईनट लेखन तालिम सम्पन्न भएको छ ।
सनिबार सम्पन्न भएको तालिममा ४३ जना बालबालिकाको सहभागीता रहेको बाल समुहका सुकसना खातुनले बताउनुभयो । तालिमको सहजिकरण गोरखापत्र दैनिकका पत्रकार जयकृष्ण यादवले गर्नुभएको थियो । शुक्रबारबाट शुरु भएको तालीम सनिबार सम्पन्न भएको थियो ।
औपचारीक तालिम समापन कार्यक्रमका प्रमुख अतिथी तथा रामधुनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हेमनारायण राजधामीले बालबालिकाहरु तथा विद्यार्थीहरुको क्षमता विकास सहित नेतृत्व र व्यक्तित्व विकाससगैं वडा र नगरलाई बालमैत्री घोषणा गर्नका लागि तालिम उपयोगी भएको बताउनुभयो । वहाँले वडाले आयोजना गरेको उद्घोषण तथा माईनट लेखन तालिम विधार्थीका लागि निकै उपयोगी भएको र त्यसलाई व्यवहार उतार्न सहभागीलाई आग्रह गर्नुभयो ।
साथै सानै उमेरबाट यस प्रकारका सकारात्मक कार्य गने भाइबहिनीहरुको कार्यको प्रशंसा गर्नुभयो । समुदायमा गरेका भिभिन्न सकारात्मक कार्यले समाज परिर्वतन समाजको विकाशमा उल्लेख्य सहयोग पुग्ने बताउनुभयो ।
तालिम समापन कार्यक्रममा वडा नं. ६ का वडा सदस्य लक्ष्मि चौधरी, तालिम सहजकर्ता जयकृृष्ण यादव, सहभागी बालबालिकाहरु लगायतले मन्तव्य राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया