नेपालले आज मलेसियासंग खेल्दै, फाइनल नेदरल्यान्ड्ससंग
९ बैशाख २०७८, बिहीबार ११:५८
काठमाडौ । सिरिजअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले आज मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।
टियु क्रिकेट मैदानमा हुने खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली सहज जितको लक्ष्यसहित मैदानमा उत्रनेछ ।
यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले नै पाखा लगाएको थियो । जितविहीन रहेको मलेसिया पनि पहिलो जितसहित सिरिजको सुखद अन्त्य गर्न चाहन्छ ।
नेपाल यसअघि नै सिरिजको फाइनलमा पुगिसकेको छ । मलेसिया भने सिरिज बाहिरिएको छ । बुधबार वर्षाको कारण नेदरल्यान्ड्ससँगको खेल स्थगित भएपछि मलेसिया बाहिरिएको हो । अब फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया