ओली विरूद्ध नेपाल समूह किन पुगे सर्वोच्चमा ? – Nagarikabhiyan : National News

ओली विरूद्ध नेपाल समूह किन पुगे सर्वोच्चमा ?

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आज नेकपा एमालेका नेता माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुसालले सर्वोच्च अदालतमा रिट पेश गरेका छन्।

केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुनको समेत विपरित भएको भन्दै उनीहरू सर्वोच्च गएका हुन्।

सर्वोच्च अदालतका सह–प्रवक्ता देवेन्द्र ढकालका अनुसार उनीहरूको रिट आज पेश भए पनि दर्ता भइसकेको छैन।