रामधुनीमा रामनवमी मेला
८ बैशाख २०७८, बुधबार १८:३७
सुनसरीको रामधुनी नगरपालिका ४ सिगियामा रहेको ऐतिहासिक क्षेत्र रामधुनी मन्दिरमा कोरोनाको महामारी दोस्रो लहरको बीचमा पनि बुधबार भव्यताका साथ रामनवमी मेला लागेको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर र रामधुनीको सिगिया अन्तर्गत पर्ने जङ्गलको मध्यक्षेत्रमा रहेको प्रख्यात धार्मिक स्थल रामधुनी मन्दिरमा सदाको वर्ष झै यसपाली पनि रामनवमीको दिन बुधबार ठूलो मेला लागेको स्थानीय रामधुनी बनखण्डी बाबा व्यवस्थापन समितिका डिल्ली कार्कीले जानकारी दिनुभयो ।
यहाँ मेला आएकाहरुले रामधुनी मन्दिरको खरानी प्रसादको रुपमा लिनुका साथै मन्दिरक चारैतिर घना जङ्गल र सुन्दर फुलबारीका बीचमा धुनीस्थलको अवलोकन समेत गरेका छन् । त्रेता युगदेखि जल्न शुरु गरेको अखण्ड धुनी आजसम्म निरन्तर बलिरहेको अचम्मलाग्दो किम्बदन्तीमा आधारित यो स्थान प्रशिद्ध तीर्थस्थल भएकाले मेला भर्न आउनेहरुको भील लागेको हो । मेलामा आउनुभएका विष्णुदेव यादवका अनुसार रामधुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पादित विगुत लगाएमा चिताएको पूरा हुने जनविश्वास अहिलेसम्म पनि जीवितै रहेकाले मेला आउनेको मिड बढेको छ ।
रामधुनिमा मुख्य रूपमा धुनि मन्दिर र दरवार मन्दिर छन् । धुनि मन्दिरमा सधै एउटा साजको मूढो सल्काएर राखिन्छ र उक्त मूढो जली रहेको हुन्छ, जसको खरानी नै त्यहाँको देव प्रसाद मानिन्छ । यसैगरी दरवार मन्दिरलाई लङ्गौट मन्दिर पनि भनिन्छ । त्यसभित्र चन्द्र, शिवलिंग, दूर्गा र सिंहका मूर्तिहरू राखिएका छन्। वनखण्डी वावाले बोकेर हिड्ने मनचिन्ते चिम्टा पनि त्यसै मन्दिरमा राखिएको छ । यसैगरी दरवार मन्दिरभित्र चन्द्र, शिवलिंग, दूर्गा र सिंहका मूर्तिहरू राखिएका छन् ।
१, रामधुनी मन्दिर क्षेत्रको जंगलमा रहेका बादरसंग एक आन्तरीक पर्यटक ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया