दिल्ली क्यापिटल्सको तेस्रो जित
८ बैशाख २०७८, बुधबार ०९:०८
जनकपुर । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट चेन्नईमा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ ।
मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्षमा दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर आईपीएलको तेस्रो जित दर्ता गरेको छ ।
मुम्बई इन्डियन्सले पुरै ओभरको खेलमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि दिल्ली क्यापिटल्सले १३८ रनको लक्ष पाएको थियो ।
जवाफी ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ४ विकेटको खेल सकिँदा नै लक्ष भेट्टाएपछि ६ विकेटले विजयी भएको हो ।
दिल्लीलाई जिताउनका लागि सबैभन्दा धेरै शिखर धवनले ४५ र स्टेभन स्मिथले ३३ रन जोडेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया